शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उपनिर्वाचन:उमेदवारको नामावली प्रकाशन आज

एक्सप्रेस पाना
मंसिर ४, २०८१ मंगलबार
  • 214
    SHARES
  • उपनिर्वाचन:उमेदवारको नामावली प्रकाशन आज

    काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुनेछ । 

    images

    आज साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ ।

    मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । 

    images

    मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

    स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्य छन् । 

     

  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन