आइतबार, भाद्र २८ गते २०८३
images

नेपाललाई टी–२० विश्वकपमा पुर्‍याएकी पूजालाई सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ

एक्सप्रेस पाना
मंसिर ६, २०८१ बिहीबार
  • 323
    SHARES
  • नेपाललाई टी–२० विश्वकपमा पुर्‍याएकी पूजालाई सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ

    काठमाडौं । यू–१९ महिला क्रिकेट टोलिलाई टी–२० विश्वकपमा छनोट गराएर इतिहास रचेकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ ।

    images

    केहि समय अघीमात्रै यूएईलाई हराएर यू–१९ महिला टी–२० विश्वकपमा छनोट भई शुक्रबार आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवाना पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको भिड लागेको छ । 

    पूजा घर पुगेपछी त्यस क्षेत्र अवरपिरी दीपावली गरेर नगरबासीले खुशी व्यक्तदेखी पुजाको शोभायात्रासमेत गर्दै आएका छन् । हिजो आज दिनभरि पूजालाई भेट्नेको  उनको घरमा घुइँचो लाग्ने गर्छ। जिल्लाका विभिन्न राजनीतिक दलका नेतादेखी, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न खेलका खेलाडी र सयौँ सर्वसाधारणले उनलाई बधाई दिँदै यु–१९ महिला टी–२० एसिया कप र विश्वकपको शुभकामना दिएका छन् ।

    images

    पूजा अहिले एनपिएल टोली जनकपुरधाम बोल्ट्सको ‘फेस अफ दी बोल्ट्स’मा नियुक्त भएकी छन् । गत सोमबार मात्र पूजालाई जनकपुरधाम बोल्ट्सले ‘फेस अफ दी बोल्ट्स’ को रुपमा सार्वजनिक गरेको हो । उक्त टोलीले उनलाई रु ५० हजार पुरस्कार प्रदान गरेको थियो । 

    त्यसैगरी पूजालाई गौशाला नगरपालिकाले एक लाख ५१ हजार नगदसहित सम्मान गरेको छ । उनलाई मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोदकुमार जयसवालले डुमरवानास्थित उनको घरमै पुगेर बधाई दिएका थिए । यसरी बधाई र सम्मान पाइरहँदा पुजा विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन तथा एशिया कप उचाल्ने अबको लक्ष्य रहेको बताउछीन् । 

     

     

  • सम्बन्धित विषय:

  • # पूजा महतो