काठमाडौं । क्यानडाका क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।
२०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
जफरले क्रिकेट इतिहासमा एउटा बेग्लै स्थान राखेका छन् । टी-२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन् ।
साद बिन जफर लुम्बिनी लायन्समा थपिएसँगै नेपाल प्रिमियर लिग २०२४ अझ रोमाञ्चक हुने भएको छ । एनपीएल यही मंसिर १५ गतेबाट सुरु हुँदैछ भने लुम्बिनी लायन्सको पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग हुनेछ ।



