प्रदर्शनका कारण काठमाडौंका सडक अस्तव्यस्त
काठमाडौं । नेकपा एमालेसहित विभिन्न पक्षले गरेको प्रदर्शनका कारण आज काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
एमालेले विभिन्न स्थानबाट निकालेको ¥याली दरबारमार्गमा पुगेर सभाको रुपलिएको हो ।
एमालेको सभाका लागि नारायणहिटी दरबारको गेट अगाडि नै मञ्च बनाइएको छ ।
ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको छ भने दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको छ ।
यसैगरी दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ । जसकारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।



