शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल प्रिमियर लिग:कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको तयारी अन्तिम चरणमा

एक्सप्रेस पाना
मंसिर ८, २०८१ शनिबार
  • 308
    SHARES
  • नेपाल प्रिमियर लिग:कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको तयारी अन्तिम चरणमा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी अन्तिम चरणमा पुगेको छ । 

    images

    १५ मंसिरदेखि सुरु हुने एनपीएलका लागि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तिव्र तयार पार्ने काम भइरहेको छ । पहिलो पटक डिजिटल स्कोर बोर्डको निर्माण गरिएको छ भने 
    छुट्टै फ्यान जोन बनाइएको छ ।  यस्तै पिचको पूनर्निर्माण गरिएको छ भने मैदानमा बाउण्ड्री पनि बढाइएको छ । दर्शकहरूका लागि भीआईपी टिकट, भीभीआईपी लाउन्ज र ओनर्स लाउन्ज पनि निर्माण गरिएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेञ्चाइज टी–२० क्रिकेट प्रतियोगितामा आठ टोलीको सहभागिता हुनेछ । प्रतियोगितामा १६ देशका ३७ विदेशी खेलाडीले पनि सहभागिता जनाउने छन् । 

    images

    कीर्तिपुर खेल मैदानमा अहिले मैदान सुधारका साथै अन्य संरचना निर्माणको काम धमाधम भइरहेको छ । 

     

    462556113_918324433171028_3933072700197599411_n-1732179827.jpg

    468030389_1106105478183889_7109789697870370502_n.jpg

    467896535_1106105428183894_1869292143524804741_n.jpg

    462568479_1074371904010992_4121962867183774027_n-1732179822.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग