शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

एक्सप्रेस पाना
मंसिर ९, २०८१ आइतबार
  • 260
    SHARES
  • लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँचौंपटक म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    images

    यसअघि थपिएको म्याद शुक्रबार सकिएकाले पुनः म्याद थपका लागि आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो ।

    लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    images

    लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।

    कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो ।  

     

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने