शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

एक्सप्रेस पाना
मंसिर ९, २०८१ आइतबार
  • 316
    SHARES
  • रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    images

    जिल्ला अदालत कास्कीका न्यायाधीश भिमलाल बेल्बासेको इजलासले लामिछानेलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

    यस अघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो ।  

    images

    लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने