शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

एक्सप्रेस पाना
मंसिर १०, २०८१ सोमबार
  • 370
    SHARES
  • दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

    images

    आइतबार काठमाडौं जिल्ला अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेको आरोपमा प्रसाईं गत मंगलबार पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा भक्तपुरस्थित निवासबाटै मंसिर ४ गते मेडिकल व्यवसायी प्रसाईं पक्राउ परेका थिए ।

    images

    यसअघि उनीमाथि ५ दिनको म्याद थप भएर अनुसन्धान गरिएको थियो ।
    यसैबीच आइतबार सर्वोच्च अदालतले  थुनामा रहेका मेडिकल व्यवसायी प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश दिएको छ ।  विद्युतीय कारोबार एने,२०६३ अन्तर्गतको कसुरमा हिरासतमा रहेका प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश दिइएको हो ।

    उनका छोरा नीराजन प्रसाईंले गैर कानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्दै बन्दीसहित अदालतमा उपस्थित हुन भनेको हो ।

    गत असोज ६ गते पनि विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरिएको थियो । यसअघि पनि सोही मुद्धामा पक्राउ परिसकेका प्रसाई दोषी देखिएमा साढे ७ वर्ष सजाय हुनसक्ने देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं