शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्बजनिक

एक्सप्रेस पाना
मंसिर ११, २०८१ मंगलबार
  • 381
    SHARES
  • नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्बजनिक

    काठमाडौं । यहि मङ्सिर १५ गतेदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्बजनिक गरिएको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलका लागि विभिन्न पाँच प्रकारका टिकट दररेट सार्बजनिक गरेको हो ।

    क्यानले उद्घाटनको दिनका लागि जनरल टिकटको ३०० र भिआइपी टिकट ७००, लिगका दुवै खेलका लागि जनरल ३०० र भिआइपी ५००, प्लेअफ खेलको दिन जनरल ५०० र भिआइपी ७००, फाइनल खेलको दिन जनरल ५०० र भिआइपी १००० टिकट दर तोकेको छ ।

    images

    साथै क्यानले सिजनल पासमा २० प्रतिशत छुट दिदै जनरलका लागि ४ हजार ४८० र भिआइपीमा ८ हजार २४० तोकेको छ ।

    क्यानले मङ्सिर १० गतेदेखि नै टिकट बिक्रि शुरु गरिएको जनाएको छ । टिकट खल्ती एपबाट अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    Can(11).jpg

  • सम्बन्धित विषय:

  • # (एनपीएल)