शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै

एक्सप्रेस पाना
मंसिर ११, २०८१ मंगलबार
  • 267
    SHARES
  • रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । सहकारीको रकम अपचलनमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ ।

    images

    काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको हो । लामिछानेलाइ आज बिहान काठमाडौं ल्याइने बताइएको छ । 

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    images

    कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने