शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ:प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
मंसिर ११, २०८१ मंगलबार
  • 232
    SHARES
  • अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा  कोषको दायरामा ल्याउनुपर्छ:प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने बताएका छन् । 

    images

    मंगलबार सातौ साामाजिक सुरक्षा दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने बताएका हुन् । उनले वैदेशिक रोजगारीमा गएका सबै युवाहरुलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।

    प्रधानमन्त्री ओलीले भने,"यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ । केही दिन मात्रै पनि सेवा गर्छ भने यो नियम लागु गर्नु पर्दछ । र यस अनुसार थोरै भएपनि सामाजिक सुरक्षा हुनुपर्दछ । देशबाहिर रोजगारीमा रहेका युवाहरु २५/२६ लाख युवाहरु बाहिर गएका हुन सक्दछन् अहिलेसम्मको स्थितिलाई हेर्दा । एउटा के छ भने एयरपोर्टमा भिड देखाउँछ । तर जानेको हो कि आउनेको हो ? त्यो छुट्टिदैँन । मान्छे गएका मात्रै होइनन, फर्केका पनि छन् नि । रोजगारीका लागि केही समयका लागि सम्झौता अन्तगत उनीहरु बाहिर गएका हुन फर्किन्छन् ।"

    images

     

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # सामाजिक सुरक्षा
  • # प्रधानमन्त्री