शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउने

एक्सप्रेस पाना
मंसिर ११, २०८१ मंगलबार
  • 334
    SHARES
  • नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारदा समूहले कार पुरस्कार दिने भएको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि हुन लागेको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारदा समूहले कार प्रदान गर्ने भएको हो । मंगलबार पत्रकार सम्मेलन गरी क्यानले ओमोडाको आधिकारिक विक्रेतासँग सम्झौता गरेको जानकारी गराएको हो ।

    प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ नेपाली खेलाडी घोषित भएमा उक्त खेलाडीले यो विशेष सम्मान पाउने छन् । विदेशी खेलाडी ‘प्लेयर अफ द सिरिज’ भएमा चाहिँ कार बाहेक अन्य पुरस्कार पाउने छन् र उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउने क्यानले जानकारी दिएको छ ।

    images

    क्यानका सचिव र क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र ओमोडाको आधिकारिक विक्रेता एसजीपी आटोमोबाइल्सका निर्देशक गौरव शारदाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग