शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल प्रिमियर लिगका खेलहरु युट्युबमा एक्सन स्पोर्ट्सबाट हेर्न सकिने

एक्सप्रेस पाना
मंसिर ११, २०८१ मंगलबार
  • 310
    SHARES
  • नेपाल प्रिमियर लिगका खेलहरु युट्युबमा एक्सन स्पोर्ट्सबाट हेर्न सकिने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को युट्युबमा डिश मिडिया नेटवर्कले प्रशारण गर्ने भएको छ ।

    images

    एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण डिश होमको एक्सन स्पोर्ट्सबाट हुने सम्झौता भएको हो ।

    एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच मंगलबार यस सम्बन्धि सम्झौता भएको हो ।

    images

    अब नेपालमा एनपिएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सकिने भएको छ । त्यस्तै एनपिएल टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ । भारतमा डिजिटल प्रशारण भने फ्यानकोडले गर्ने भएको छ ।

    एनपीएल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबारदेखि शुरु हुदै छ ।

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # एक्सन स्पोर्ट्स