शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल प्रिमियर लिगको उद्घाटन खेलका सबै टिकेट 'सोल्ड आउट'

एक्सप्रेस पाना
मंसिर १२, २०८१ बुधबार
  • 273
    SHARES
  • नेपाल प्रिमियर लिगको उद्घाटन खेलका सबै टिकेट 'सोल्ड आउट'

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकेट सोल्ड आउट भएका छन् ।

    images

    प्रतियोगिताको आधिकारिक अनलाइन टिकेट पार्टनर खल्तीले टिकेट लाइभ गरेको तीन दिनमै सम्पूर्ण टिकेट बिक्री भइसकेको हो । 

    खल्तीले सोमबार मात्र एनपीएलका टिकेट आफ्नो डिजिटल वालेटमा लाइभ गरेको थियो । त्यसको एक दिनमै सम्पूर्ण भिआइपी टिकेट बिक्री भएका र अहिले सामान्य टिकट पनि सबै बिक्री भइसकेका छन् ।

    images

    उद्घाटन खेलमा भिआइपी टिकटको ७०० रुपैयाँ र सामान्य टिकटको मूल्य ३०० रुपैयाँ तोकिएको थियो । प्लेअफ र फाइनलबाहेका दिनमा भने साधारण टिकेट ३०० रुपैयाँ र भिआइपी टिकेट पाँच सय रुपैयाँ रहेको छ । 

    त्यस्तै साधारण र भिआइपी दुवैका लागि सिजनल टिकेट समेत उपलब्ध गराइएको छ । जसअनुसार साधारण सिजनल टिकेटको मूल्य छुट सहित चार हजार ४८० रुपैयाँ रहेको छ भने भिआइपी सिजनल टिकेटको मूल्य छुटसहित आठ हजार २८० रुपैयाँ तोकिएको छ ।

    मंसिर १५ देखि ६ पुससम्म आयोजना हुने लिगमा आठ ओटा टिम सहभागी हुने छन् । एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दैछन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • # एनपीएल