शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएलका खेलहरुमा यि ६ विदेशीले गर्दै छन् कमेन्ट्री

मंसिर १२, २०८१ बुधबार
  • 290
    SHARES
  • एनपिएलका खेलहरुमा यि  ६ विदेशीले गर्दै छन् कमेन्ट्री

    काठमाडौं । यति बेला नेपाली क्रिकेट क्षेत्रमा चर्चाको बिषयमा रहेको छ प्रिमियर लिग (एनपिएल) ।

    images

    यहि शनिबारदेखी सुरु हुने लिगका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ ।सहभागीआठ वटा टिमले आफ्ना अभ्यास खेलदेखी टिममा आवद्ध विदेशी खेलाडिहरुलाई नेपाल भित्राउने क्रम जारी छ ।

    यसैबिच सबैको चासोको बिषय हो नेपाली क्रिकेटको महाकुम्भको रुपमा हेरीएको एनपिएलका खेलहरुमा कसले कमेन्ट्री गर्दै छन् त किन भने एउटा खेलमा कमेन्टेटरको बिशेष भुमिका रहेको हुन्छ । 

    images

    मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलका लागि ६ विदेशी कमेन्टेटर नेपाल आउने भएका छन् । 

    नेपाल क्रिकेट संघ (क्यान)ले  क्यानले बुधबार नेपाल प्रिमियर लिगको अफिसियल पेजमार्फत ६ विदेशी कमेन्टेटरको नाम सार्वजनिक गरेको छ ।

    अमेरिकाका एन्ड्रयु लेनर्ड नेपाल क्रिकेटका चर्चित कमेन्टेटर हुन् । उनले नेपालका अधिकांश खेलहरुमा कमेन्ट्री गर्दै आएका छन् ।

    त्यसैगरी एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानीले कमेन्ट्री गर्ने छन् । 

    लिगमा आठ वटा टिम सहभागी हुने छन् । एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दैछन् ।