काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेलहरु हेर्न चितवन राइनोजले आफ्ना समर्थकलाई चितवनदेखि काठमाडौंसम्म निःशुल्क बसको व्यवस्था गर्ने भएको छ ।
बुधबार चितवन राइनोजले सामाजिक सञ्जालमार्फत काठमाडौं आएर आफ्नो टिमको खेल हेर्न चाहने समर्थकलाई चितवनदेखि काठमाडौं ल्याउन पाँच वटा बसको व्यवस्था गरेको जनाएको हो ।
राइनोजका अनुसार काठमाडौं आउन चाहने समर्थकले चिवतनको चितवन मेडिकल कलेज (सीएमसी) देखि बस पाउने छन् । मार्की खेलाडीमा कुशल मल्ल रहेको चितवन राइनोजका मुख्य प्रशिक्षक भने उमेश पटवाल हुन् ।
चितवन राइनोजले आफ्नो पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग खेल्नेछ ।



