काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको टोली पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।
बुधबार स्कटल्याण्डका माइकल लिस्क, इंग्ल्याण्डका म्याट क्रिट्लेवेस्ट, वेस्ट इन्डिजका रेमन रेइफर र नेदरल्याण्ड्सका बास डे लिड नेपाल आइपुगेका हुन् ।
उनीहरूलाई पोखरा एभेन्जर्सका अफिसियल कर्णवीर थापाले स्वागत गरेका थिए् ।
राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षकमा राजिव कुमार छन् ।
त्यसैगरी मेन्टरमा जोन्टी रोड्स रहेका छन् ।
पोखराले पहिलो खेलमा मंसिर १८ गते पाखेराले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।



