शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु

एक्सप्रेस पाना
मंसिर १३, २०८१ बिहीबार
  • 205
    SHARES
  • उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु

    काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ। 

    images

    निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै प्रचारप्रसार गर्न नपाइने गरी मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। 

    निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोगले मतदानको ४८ घण्टा अघिदेखि नै मौन अवधि लागू गर्दै आएको छ। मौन अवधिमा उम्मेदवार वा अरु कसैले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न नपाउने कानुनी व्यवस्था छ। 

    images

    निर्वाचन आयोगले देशभरका स्थानीय तहका ४४ पदमा उपनिर्वाचन गर्न लागेको हो। 

     

  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन