शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

एक्सप्रेस पाना
मंसिर १३, २०८१ बिहीबार
  • 298
    SHARES
  • क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रन्चाइज टोली जनकपुर बोल्ट्सले क्यानडाका अलराउन्डर हर्ष ठाकरलाई अनुबन्ध गरेको छ ।

    images

    बिहीबार  ठाकरलाई अनुबन्ध गरेको जनकपुर बोल्ट्सल सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । २७ वर्षिय ठाकरले ३५ टी–२० आई खेलमा २९ विकेट तथा ४ सय ५१ रन बनाएका छन् ।

    यसअघि जनकपुरले अमेरिकाका जोशुवा ट्रम्प, मोहम्मद मोहसिन र लाहिरु मिलन्था, पाकिस्तानका सोयब मक्सुद, न्युजिल्याण्डका जिमी निशम, र इंल्याण्डका अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको छ । 

    images

    आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा मुख्य प्रशिक्षक भने पुबुदु दासानायके हुन् ।

    मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलको उद्घाटन खेलमा जनकपुर र विराटनगर किङ्सबीच प्रतिस्पर्धा गर्नेछन् ।

     

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # जनकपुर बोल्ट्स
  • # हर्ष ठाकर