काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फ्रन्चाइज टोलि कर्णाली याक्सबाट एनपिएल खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन्।
मक्सुद बिहीबार नेपाल आइपुगेका हुन्। उनलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।
मार्की खेलाडी सोमपाल कामी रहेको कर्णाली याक्सले वाल्टन र हायातसहित भारतीय चर्चित क्रिकेटर शिखर धवन, ओमनका पूर्वकप्तान जिशान मक्सुद र पाकिस्तान हुनेस तलातलाई अनुबन्ध गरेको छ।



