काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्समा अनुबन्ध भएका न्युजिल्यान्डका मार्टिन गुप्टिल नेपाल आइपुगेका छन्।
बिहीबार दिउँसो मार्टिन काठमाडौँ आइपुगेको विराटनगर किङ्सले जनाएको छ ।
उद्घाटन खेल खेल्ने विराटनगर किङ्सका अझै तीन जना विदेशी खेलाडी आइपुग्न बाँकी छ।
५ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको विराटनरका क्याडियन खेलाडी निकोलस किर्टोन बुधबार नेपाल आइसकेका छन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरलाई आयरल्यान्डका केभिन ओब्रायनले प्रशिक्षण गरिरहेका छन्। विराटनगर किंग्सले उद्घाटन खेलमा मंसिर १५ मा जनकपुर बोल्ट्ससंग खेल्ने छ ।
टोलीमा प्रतिस जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ र अनिल खरेल विराटनगर किङ्सको टोलीमा समावेश छन्।
मंसिर १५ देखि ६ पुससम्म आयोजना हुने लिगमा आठ ओटा टिम सहभागी हुने छन् ।



