शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइयो

एक्सप्रेस पाना
मंसिर १३, २०८१ बिहीबार
  • 342
    SHARES
  • रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइयो

    काठमाडौं । सहकारी रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ ।

    images

    लामिछानेलाई बिहिबार पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइएको हो । रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याइएको हो ।

    स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

    images

    लामिछाने विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

    कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याइएको हो ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने