शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा अग्नी ग्रुप

एक्सप्रेस पाना
मंसिर १४, २०८१ शुक्रबार
  • 247
    SHARES
  • कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा अग्नी ग्रुप

    काठमाडौं । आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नी ग्रुपसँग सम्झौता गरेको छ ।

    images

    शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै कर्णाली र महिन्द्राबिच सम्झौता भएको हो।

    ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गएको साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टिममा अनुबन्ध गरिसकेको छ ।
     
    यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन् । हस्पिटालिटी पार्टनरमा होटल हिल्टन रहेको छ । मंसिर १५ देखि पुस ६ सम्म हुने प्रतियोगितामा कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।

    images

    उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सले खेल्नेछन्।

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # महिन्द्रा अग्नी ग्रुप