काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाईज टिम कर्णाली याक्सबाट एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्।
शुक्रबार साझँ धवन नेपाल आइपुगेको कर्णाली याक्सले जनाएको हो । उनलाई स्वागत गर्न कर्णाली याक्सका पदाधिकारीहरु त्रिभुवन विमानस्थल पुगेका थिए।
टोलीमा सोमपाल कामी, गुल्सन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम रहेका छन्।
उनीहरुबाहेक मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी, दीपक डुम्रे, विपिनप्रसाद शर्मा, शिखर धवन, चादविक वाल्टन, बाबर हायात, हुसेन तलात, जिसन मक्सुद रहेका छन्।
कर्णालीको पहिलो खेल आगामी सोमबार जनकपुर बोल्टसँग छ।



