शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु,उद्घाटन खेलमा जनकपुर बोट्ल्स र विराटनगर किङ्स खेल्दै

एक्सप्रेस पाना
मंसिर १५, २०८१ शनिबार
  • 450
    SHARES
  • नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु,उद्घाटन खेलमा जनकपुर बोट्ल्स र विराटनगर किङ्स खेल्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने लिगको पहिलो संस्करणको खेलमा आठमा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

    images

    लिगका लागि भनेर कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान चिटिक्क पारिएको छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ । स्वदेशी तथा विश्व चर्चित खेलाडीको सहभागिताले पनि एनपिएलले निकै चर्चा र माया पाएको हो । 

    आजदेखी सुरु हुने लिगको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्स र  विराटनगर किङ्सबिच हुने छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

    images

    जनकपुरको मार्की खेलाडीका रुपमा ओपनर तथा विकेटकिपर आसिफ शेख छन् भने त्यस्तै टोलीको कप्तानमा भने विकेटकिपर अनिल शाह छन् ।

    उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडी जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक टिममा आवद्ध छन् । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् ।

    त्यस्तै विराटनगरमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । आजको खेल निकै उत्साहित र रोमाञ्चक हुने देखिएको छ । 

    खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # जनकपुर बोट्ल्स
  • # विराटनगर किङ्स