शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आज स्थानीय तहको उपनिर्वाचन:४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

एक्सप्रेस पाना
मंसिर १६, २०८१ आइतबार
  • 312
    SHARES
  • आज स्थानीय तहको उपनिर्वाचन:४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

    काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान हुँदैछ । 

    images

    आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म बजेसम्म नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।

    उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । 

    images

    निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भएर मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

    उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धागर्दै छन् । 

    आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ। मतदान हुने स्थानिय तहमा आज सार्वजानिक बिदा दिइएको छ । 

    मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह
  • # उपनिर्वाचन