आइतबार, भाद्र २८ गते २०८३
images

यु–१९ एसिया कप:बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
मंसिर १६, २०८१ आइतबार
  • 288
    SHARES
  • यु–१९ एसिया कप:बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । एसिसी यु–१९ एसिया कपमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।  

    images

    आइतबार युएईमा हुन लागेको खेलमा बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे संगै नेपालले ब्याटिङ गर्ने भएको हो । 

    पहिलो खेलमा श्रीलंकासंग ५५ रनले पराजित भएको नेपालमाथि दोस्रो खेल जित्नैपर्ने दबाब छ।

    images

    हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीलाई युएईमा छ ।  टिममा अर्जुन कुमाल आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

    नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

  • सम्बन्धित विषय:

  • # यु–१९ एसिया कप