शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

एक्सप्रेस पाना
मंसिर १६, २०८१ आइतबार
  • 295
    SHARES
  • लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाईज टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल रहेको छ ।

    images

    आइतबार एनसेल र लुम्बिनी लायन्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    एनसेलले एनपिएललाई पनि पावर्ड बाई गरेको छ।

    images

    एनसेलका सिइओ काइमोभले क्रिकेट विश्वमा लोकप्रिय रहेको छ उल्लेख गर्दै लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा गौरव महसुस गरेको र टोलीलाई सफलताको‌ लागि शुभकामना दिए।

    लुम्बिनी लायन्सले बुधवार विराटनगर किङ्ससँग खेल्दैछ ।

  • सम्बन्धित विषय:

  • # एनसेल
  • # एनपिएल
  • # लुम्बिनी लायन्स