काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
आइतबार बिहान एनपीएल टिम कर्णाली याक्सका खेलाडीसँगै धवनले काठमाडौंस्थित पशुपतिनाथ मन्दिर दर्शन गरेका हुन् ।
धवनसँगै प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी, गुल्शन झा र फेस अफ कर्णाली याक्ससमेत रहेकी अभिनेत्री स्वस्तिमा खड्कालगायत पशुपति पुगेका थिए । धवनले नेपाल आएलगतै पशुपतिनाथ जान मन भउको बताएका थिए ।
धवन कर्णाली याक्सबाट मा एनपीएल खेल्दै छन् ।





