काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन् । कांग्रेसका उम्मेदवार बानियाँ १ हजार ५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत प्राप्त गरेकी छन् भने एमालेका बद्री बुढाथोकीले ४६० मत ल्याएका छन् । माओवादीका नारायण विष्टले ३८१ मत ल्याउँदा राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याएका छन् ।
कीर्तिपुरको प्रमुख पदमा मतगणना जारी छ । कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा पनि कांग्रेस विजयी भएको छ।



