काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा काठमाडौं गुर्खाजमाथी चितवन राइनोजले शानदार जित निकालेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो ।
काठमाडौंले दिएको १११ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
चितवनका लुक बेन्केनस्टाइनले २२ रन बनाउँदा हसन इसाखिलले १२ रन जोडे भने सोहेल तानबिरले ५ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको थियो ।
काठमाडौंका लागि सुमित महर्जनले २९ रन जोड्दा माइकल लेभिटले २५ रन बनाए भने शाहब आलमले तीन विकेट लिए ।



