काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाईज टिम कर्णाली याक्सले जनकपुर बोल्टस्लाई १४२ रनको लक्ष्य दिएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको हो । कर्णालीले अहिले सम्मकै उच्च स्कोर बनाएको हो ।
अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडे ।
जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिँदा जिमी निसम, किशोर महतो, ललित राजवंशीले एकरएक विकेट लिए ।



