शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:जनकपुर बोल्ट्सको लगातार दोस्रो जित

एक्सप्रेस पाना
मंसिर १७, २०८१ सोमबार
  • 350
    SHARES
  • एनपीएल:जनकपुर बोल्ट्सको लगातार दोस्रो जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ । 

    images

    सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै जित निकालेको हो । 

    कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका लागि कप्तान अनिल साहले ४२ बलमा ६२ रन बनाउँदै अविजित रहे भने ओपनर आसिफ शेखले ३६ रन बनाए ।

    images

    यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

    कर्णालीका गुल्शन झाले ३ छक्का र १ चौका प्रहार गर्दै ३६ रन जोडे । ओपनर शिखर धवनले ३ चौकासहित १४ रन बनाएका थिए ।

    अर्जुन घर्तिले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ३३ रन जोडे भने कप्तान सोमपाल कामीले २९ रन जोडे ।

    जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिँदा जिमी निसम, किशोर महतो, ललित राजवंशीले एक÷एक विकेट लिए ।

     

  • सम्बन्धित विषय:

  • # (एनपीएल)
  • # कर्णाली याक्स
  • # जनकपुर बोल्ट्स