शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कीर्तिपुरको मेयरमा कांग्रेसका उम्मेदवार डंगोल विजयी

एक्सप्रेस पाना
मंसिर १७, २०८१ सोमबार
  • 282
    SHARES
  • कीर्तिपुरको मेयरमा कांग्रेसका उम्मेदवार डंगोल विजयी

    काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पद(मेयर)मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल निर्वाचित भएका छन् । 

    images

    आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार डंगोल निर्वाचित भएका हुन् । 

    डंगोलले ५ हजार ५सय ६ मत ल्याएका छन् भने माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले ५ हजार ६७ मत प्राप्त गरेका छन् । ४ हजार ३सय २६ मत ल्याएर एमालेका उम्मेदवार डा.सुरेन्द्र मानन्धर तेस्रो स्थानमा छन् । 

    images

    २०७९ को निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसकै राजकुमार नकर्मी ९ हजार ४३ मत पाएर विजयी भएका थिए। एमालेका केशरत्‍न बज्राचार्यले त्यतिखेर ५ हजार ५०७ मत ल्याएका थिए।

    कीर्तिपुरको वडा नं १  र ४ मा पनि कांग्रेस विजयी भएको छ ।

  • सम्बन्धित विषय:

  • # कीर्तिपुर नगरपालिका