काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले २० ओभर खेलेर ७ विकेट गुमाउँदै १८२ रन बनाएको हो । यो अहिलेसम्मकै उच्च स्कोर हो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५७ रन बनाए ।
यस्तै, इशान पाण्डेले ३८, ब्राण्डन म्याकमुलन ३६, विनोद भण्डारी २३, सैफ जैब १४, स्कट कुग्गेलिजनले १०, आरिफ शेख ९, र अमित श्रेष्ठ १ रनमा आउट भए ।
विराटनगरका लागि अनिल खरेलले ३ तथा क्रिस सोल, इस्मात आलम र बसिर अहमदले १–१ विकेट लिए ।
टस जितेर विराटनगरले पहिले बलिङ रोजेको हो ।



