काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानममा हुने दोस्रो खेलमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन् । चितवनको यो दोस्रो खेल हो ।
पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । खेलमा चितवन कुशल मल्ल र पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रिनेछ ।



