शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पहिलो दलका रूपमा विजयी गराएकोमा कांग्रेसद्वारा मतदातालाई आभार व्यक्त

एक्सप्रेस पाना
मंसिर १८, २०८१ मंगलबार
  • 329
    SHARES
  • पहिलो दलका रूपमा विजयी गराएकोमा कांग्रेसद्वारा मतदातालाई आभार व्यक्त

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा कांग्रेसलाई पहिलो दलका रूपमा विजयी गराउने सबैलाई सम्मान तथा आभार व्यक्त गरेको छ ।

    images

    मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो दलका रूपमा विजयी गराउने सबैलाई आभार प्रकट गरेका हुन् । महामन्त्री शर्माले उपनिर्वाचनमा एक्लै लडेर प्राप्त स्थानलाई हामीले संतोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएको उल्लेख गरेका छन् । 

    उनले भने,"पहिलो दलका रूपमा नेपाली कांग्रेसलाई विजयी गराउनु हुने सबै आदरणीय मतदातामा  प्रकट गर्दै, रिक्त ४४ स्थानका नवनिर्वाचित जनप्रतिनिधिमा नेपाली कांग्रेस एकमुष्ट बधाई ज्ञापन गर्दछ । उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मत मार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समिक्षा हामी गर्नेछौं नै, प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई, हामीले संतोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएका छौं ।"

    images

    उनले मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणाली मार्फत प्रगतिको दिशामा प्राप्त एक्यवद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी बताए । 

    विज्ञप्तीमा भनिएको छ,"रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । समग्रमा यो ४३.१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थान भन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रुपले बढि महत्वपूर्ण छ । ०७९ मा विजय पाएको केही स्थान हामीले गुमाएका छौं भने त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजय हासिल गरेका छौं । लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौं ।"

    press release page 1.jpg

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस