काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्य मनोनयन गरेका छन् । पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९)बमोजिम सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको हो ।
विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे रहेका छन् । मनोनीत सदस्यहरूमा गणेश चन्द (सल्यान), मधुसुदन पाण्डेय (काठमाडौं), हेमलाल पुन (गुल्मी), धर्मराज न्यौपाने (अछाम), सिर्जना सिंह श्रेष्ठ (काठमाडौं), रेखा प्रसाईं (सुनसरी), जुमराती नदाफ (धनुषा), लक्ष्मी परियार (तनहुँ), रेणु चौधरी (कैलाली) र अनिता अर्याल (चितवन) रहेका छन् ।


