काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजलाई कर्णाली याक्सले १५० रनको लक्ष्य दिएको छ ।
ब्धबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णालीले २० ओवरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।
कर्णालीका लागि शिखर धवनले ५१ बलमा ४ चौका र ५ छक्क प्रहार गर्दै ७२ रन बनाए ।
टस जितेर काठमाडौंले पहिले बलिङ रोजेको काठमाडौं गुर्खाजका लागि गेर्हार्ड इरास्मसले २ तथा करण केसी, नाथन सोटर र दीपेश कंडेलले १–१ विकेट लिए ।



