शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:कर्णाली याक्सलाई हराउँदै काठमाडौंको रोमाञ्चक जित

एक्सप्रेस पाना
मंसिर १९, २०८१ बुधबार
  • 284
    SHARES
  • एनपीएल:कर्णाली याक्सलाई हराउँदै  काठमाडौंको रोमाञ्चक जित

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले विजयी सुरुवात गरेको छ । 

    images

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णाली याक्सलाई ३ विकेटले पारजित गर्दै काठमाडौं गुर्खाज विजयी भएको हो । 

    कर्णालीले दिएको १५० रनको लक्ष्यमा काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । काठमाडौंका लागि गेर्हार्ड इरास्मसले ३८ र माइकल लेभिटले २२ रन बनाए भने सुमित महर्जनले ४० अविजित र करण केसीले २८ रन जोडे । 

    images

    यसअघि ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाउँदै  १४९ रन बनाएको थियो ।

    कर्णालीका लागि शिखर धवनले ५१ बलमा ४ चौका र ५ छक्क प्रहार गर्दै ७२ रन बनाए । 

    अर्जुन घर्तीले ४, गुल्शन झाले १२, बाबर हायतले १३, च्याडविक वाल्टनले २१ र देव खनाल शून्यमा आउट भए । 

    काठमाडौं गुर्खाजका लागि गेर्हार्ड इरास्मसले २ तथा कप्तान करण केसी, नाथन सोटर र दीपेश कँडेलले १–१ विकेट लिए ।

     

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # काठमाडौं गुर्खाज