काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेर पहिले बलिङ गर्दै छ ।
बुधबार कीर्तिपुरको त्रिवि मैदानमा जारी दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
लुम्बिनीको यो पहिलो खेल हो भने विराटनगरको तेस्रो खेल हो ।
विराटनगर आज पहिलो जितको खोजीमा छ । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।



