शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:लुम्बिनी लायन्सलाई हराउँदै विराटनगर किंग्स विजयी

एक्सप्रेस पाना
मंसिर १९, २०८१ बुधबार
  • 482
    SHARES
  • एनपीएल:लुम्बिनी लायन्सलाई हराउँदै विराटनगर किंग्स विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई हराउँदै जित निकालेको छ।  

    images

    बुधबार कीर्तिपुरको त्रिवि मैदानमा जारी दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको हो ।

    लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

    images

    विराटनगरका लागि लोकेश बमले ६ छक्का र ३ चौका प्रहार गर्लै ४७ बलमा ७१ रन बनाए । बसिर अहमदले ४० रन जोडे भने मार्टिन गप्टिलले २८ रन बनाए । विराटनगरका लागि रामोन सिमन्ड्स, साद बिन जफर र दुर्गेश थापाले २–२ विकेट लिए ।

    यसअघि लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए भने टम मुर्सले ३०, अर्जुन साउद १७, आशुतोष घिरैया १५ र सन्दीप जोरा १२ रनमा आउट भए ।

     

  • सम्बन्धित विषय:

  • # लुम्बिनी लायन्स
  • # विराटनगर किंग्स