शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू–१९ एसिया कप खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

एक्सप्रेस पाना
मंसिर २०, २०८१ बिहीबार
  • 287
    SHARES
  • यू–१९ एसिया कप खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौं । एसियाली क्रिकेट परिषद् (एसीसी)को आयोजनामा यूएईमा भएको पुरुष यू–१९ एसिया कप–२०२४ सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ ।

    images

    नेपाली टोली बुधबार साँझ स्वदेश फर्किएको हो । एसिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जित हासिल गरेको थियो । नेपालले मङ्गलबार अफगानिस्तानलाई भने एक विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको थियो ।

    नेपालले पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरिएको हो ।

    images

    हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली यूएई गएको थियो । जसको उप–कप्तानमा अर्जुन कुमाल थिए । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका थिए ।

    यस्तै टोलीको प्रमुख प्रशिक्षक शक्ति गौचन र सहायक प्रशिक्षक धीरेन्द्र चन्द रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # एसिया कप