प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आइतबार टेलिफोन वार्ता भएको छ । मोदीले नेपाललाई जतिसक्दो चाँडो कोभिड(१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएको जनाएका छन् । मोदी र देउवाबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको जनाइएको छ ।
उक्त संवादमा मोदीले देउवालाई बधाई तथा शुभकामना समेत दिएका थिए । साथै, द्विपक्षीय हितलाई थप प्रगाढ बनाउने बारेमा पनि दुई समकक्षीबिच छलफल भएको जनाइएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

