काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा आज पनि दुई हुदैछन् ।
आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबिच खेल्दै छन् । बिहिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान ९ बजे पछि सुरु हुनेछ । पोखरा पहिलो खेलमा पराजित भएकाले आजको खेलमा पहिलो जित हात पार्न चाहान्छन् । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।
पोखरा कुशल भुर्तेलको कप्तानीमा रहँदा जनकपुर अनिल शाहको कप्तानीमा रहेको छ ।
दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । दोस्रो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । १ खेलमा जित १ मा बेहारेको काठमाडौं बलियो टोली सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ ।



