काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)को आजको आजको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्दैछ ।
बिहिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
पोखरा पहिलो खेलमा पराजित भएकाले आजको खेलमा पहिलो जित हात पार्न चाहान्छन् ।
पोखरा कुशल भुर्तेलको कप्तानीमा रहँदा जनकपुर अनिल शाहको कप्तानीमा रहेको छ ।



