शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपाका सभापति रवि लामिछानेलाई रातारात लगियो पोखरा

एक्सप्रेस पाना
मंसिर २०, २०८१ बिहीबार
  • 317
    SHARES
  • रास्वपाका सभापति रवि लामिछानेलाई रातारात लगियो पोखरा

    काठमाडौं । सहकारीको रकम अपचलनको आरोप लागेर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुधबार राति कास्कीको पोखरा लगिएको छ ।

    images

    चितवनमा बुधबार बयान सकिएपछि उनलाई रातारात सडकमार्ग हुँदै पोखरा लगिएको हो । लामिछानेलाई चितवनबाट मध्यराति ३ः३० बजे पोखरा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

    बिहान लैजाँदा समर्थकको भीडभाड हुनसक्ने भएपछि लामिछानेलाई रातारात सडकमार्ग हुँदै पोखरा लगिएको बताइएको छ ।

    images

    काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ । बुधबार चितवनमा उनले त्यहाँको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # रास्वपा