काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ ।
बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा पोखराले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो ।
पोखराका लागि मार्कस क्रिचलेले ३५ ,एन्ड्रिज गौसले २० र माइकल लिस्कले २४ रन जोडे ।
टस जितेर पहिले बलिङ गरेको जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले ३ विकेट लिए भने जेम्स निशामले २ र मोहम्मद मोहसिनले १ विकेट लिए ।



