शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ’मिसिङः केटी हराएको सूचना’ माघ ११ देखि प्रदर्शनमा आउने

एक्सप्रेस पाना
मंसिर २०, २०८१ बिहीबार
  • 233
    SHARES
  • चलचित्र ’मिसिङः केटी हराएको सूचना’ माघ ११ देखि प्रदर्शनमा आउने

    काठमाडौं । नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भुमिकामा रहेको चलचित्र ’मिसिङः केटी हराएको सूचना’ माघ ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ । 

    images

    बिहीबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। 

    यसअघि कात्तिक ३० मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको मिति स्थगित गरेका थिए।

    images

    निर्देशक दीपेन्द्र गौचनले ’मिसिङः केटी हराएको सूचना’ को लेखन तथा निर्देशन गरेका हुन्। चलचित्रमा सामाजिक सञ्जालमा भेटिएको युवायुवतीको कथा देखाइएको छ। 

    चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।

    ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा निर्देशक गौचन स्वयं छन्।

     

  • सम्बन्धित विषय:

  • # मिसिङः केटी हराएको सूचना