काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुर बोल्ट्सले लागातार तेस्रो जित निकालेको छ ।
बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा पोखरालाई ७ विकेटले हराउँदै जनकपुरले जित निकालेको हो ।
जनकपुरको यो लगातार तेस्रो जित हो ।
पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरका लागि लाहिरु मिलन्थाले ३२ बलमा ८ चौका प्रहार गर्दै ४५ रन बनाए भने जेम्स निशमले ४० अविजित र आसिफ शेखले ३३ रन बनाए ।
पोखराका लागि विपिन खत्री, माइकल लिस्क र कुशल भूर्तेलले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।
पोखराका लागि मार्कस क्रिचलेले ३५ एन्ड्रिज गौसले २० र माइकल लिस्क २५ रनमा अविजित रहे ।
जनकपुर बोल्ट्सका लागि भने ललित राजवंशीले ३, जेम्स निशामले २ र मोहम्मद मोहसिनले १ विकेट लिए ।



